नेपाली महिला टिम अपराजित, फाइनलमा उज्वेकिस्तानसँग भिड्ने

काठमाडौँ- एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपाली महिला भलिबल टिमले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । राउन्ड रोबिनको अन्तिम खेलमा नेपाली महिला टिमले सोमबार किर्गिस्तानलाई पराजित गर्यो । बुधबार नै प्रतियोगिताको फाइनलमा पुगिसकेको नेपालले किर्गिस्तानलाई ३–० ले हरायो ।
नेपालले अब उपाधि भिडन्तमा उज्वेकिस्तानको सामना गर्नेछ । सोमबार नै भएको खेलमा श्रीलंकालाई हराएपछि उज्वेकिस्तानले नेपालसँगको भिडन्त पक्का गरेको हो । फाइनल खेल मंगलबार हुनेछ ।
बंगलादेशी राजधानी ढाकामा भएको खेलमा नेपालले तीनवटै सेटमा आफ्नो रवाफ कायम राख्यो । पहिलो सेटमा २५–८ को जित दर्ता गरेको नेपालले दोस्रो तथा तेस्रो सेटमा २५–१४, २५–१७ विजय प्राप्त गर्यो ।
राउन्ड रोबिनका पाँचै खेलमा नेपालले पराजय भोगेन । नेपालले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई पन्छाएको थियो । यसैगरी तेस्रो खेलमा नेपाली टिमले आयोजक बंगलादेश र चौथो खेलमा उज्वेकिस्तानलाई पराजित ग¥यो ।
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

प्रतिक्रिया