देव गुरुङले प्रस्तुत गर्न थाले अन्तरिम विधान

काठमाडौँ - नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् ।
आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् ।
यसअघि सोमबार नै अध्यक्ष पुष्पकमल दाहालले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले करिब सवा दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि गुरुङले केन्द्रीय समितिले तयार पारेको विधान मस्यौदा प्रस्तुत गर्न थालेका हुन् ।
यसअघि नै प्रतिनिधिलाई सो मस्यौदा बाँडिएको थियो । दुवै प्रतिवेदनलाई समूहमा छलफल गरेर संशोधन गर्दै पारित गर्ने माओवादीले जनाएको छ ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया