जीर्ण सडक र लापरबाहीले धेरै दुर्घटना

दाङ - कात्तिक २१ गते सल्यानबाट दाङ आउँदै गरेको रा १ ख २५५२ नम्बरको यात्रु बोकेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटनामा पर्यो । सो बसमा सवार १२ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।
घोराही १० नारायणपुरकी इन्दिरा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । इन्दिराका भाइ प्रमोद गौतम र उनकी बहिनी सख्त घाइते भइन् । तिहारको टीका लगाएर दाङ फर्कंदै गर्दा उहाँँहरु सवार बस दुर्घटनामा परेको थियो । बस खसेपछि आफूले केही थाहा नपाएको र घटना भएको आधा घण्टापछि अर्ध होसको अवस्थामा घरमा श्रीमतीलाई फोन गरेर आफू चढेको बस दुर्घटना भएको जानकारी गराएको गराए ।
कोहलपुर अस्पतालमा १५ दिन सघन उपचार कक्षमा उपचार गरेर केही सुधार भएपछि नेपालगञ्जमा एक महिना थेरापी गरेपछि अहिले घरमा आराम गरिरहेको उनले बताए । उनको घाँटी र छातीमा चोट लागेकाले निको हुन समय लाग्ने डाक्टरले बताएको उनले भने । प्रमोद र उनकी बहिनी गम्भीर घाइते भएकी थिइन् ।
घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवा नजिकै यही कात्तिक ७ गते घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ख ७६३३ नम्बरको बस पल्टिँदा सोही बसका सहचालक घोराही १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।
अचेल सडक दुर्घटनाका घटना दैनिक जसो हुने गरेका छन् । यस्तो घटनामा ठूलो मानवीय क्षति हुने गरेको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा र ग्लोबल नेप्लिज न्यूज नेटवर्क युकेको आयोजनामा आइतबार ‘सडक दुर्घटना न्यूनीकरणमा कसको जिम्मेवारी’ विषयक अनलाइन अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवहरि सापकोटाले सडक सुरक्षामा सरकारले गरेका प्रयासको बारेमा जानकारी गराएका थिए ।
उनले यातायात व्यवस्था विभागबाट सञ्चालन गरिने सचेतनामूलक विभिन्न कार्यक्रम, सडक सूचना बोर्ड र सडक सङ्केत चिन्ह तथा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०२१ देखि २०३०को बारेमा जानकारी गराएका थिए । काठमाडौँ मेडिकल कलेजका कम्युनिटी मेडिसिनका विभागीय प्रमुख डा सुनीलकुमार जोशीले जीर्ण सडक र पुराना गाडीका कारण सडक दुर्घटना दिनप्रतिदिन वृद्धि भएको बताए ।
डा पुष्पराज पन्तले दुर्घटना न्यूनीकरणमा गर्न सकिने उपायमा हेलमेट लगाएर मात्र सवारी चलाउने, मादकपदार्थ सेवन गरी सवारी नहाक्ने, तीव्रगतिमा सवारी नहाक्ने, सवारी चलाउदा मोबाइल फोन प्रयोग नगर्ने, सडक सङ्केत चिन्हको पालना गर्ने र पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने हो भने सडक दुर्घटनाले भइरहेको क्षति, दुर्घटना कम गर्न सकिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापाले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन जाँच, कारबाही र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए । कच्ची सडक जस्ताको तस्तै हुनु, सवारीको चाप वृद्धि हुँदै गएको र मानवीय लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं सडक दुर्घटना र चोटपटकसम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाइँले कार्यक्रमको निष्कर्ष प्रस्तुत गरेका थिए । नेपाल सरकारले सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने उनले बताए ।
ट्राफिक प्रहरीको सक्रियता, सडकको अवस्था सुधार, सवारी चालक अनुमतिपत्र वितरणमा गम्भीरता जस्ता विषयमा सरोकारवालाले ध्यान दिन जरुरी रहेको उनले बताए । पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सडक दुर्घटना न्यूनीकरणमा मिडियाले खेल्न सक्ने भूमिकाबारे प्रकाश पारेका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया