बालबालिकालाई लगाइने फाइजर खोपको सिरिन्ज किन अभाव भयो ?
स्थानीय बजारमा पाइने सिरिन्ज प्रयोग नगर्न विज्ञकाे सुझाव

काठमाडौँ- कोभिडविरुद्धको फाइजर खोप लगाउनका लागि सिरिन्ज अभाव भएको छ । मंगलबारदेखि सुरु गर्ने भनेको खोप अभियान कार्यक्रम सिरिन्ज अभाव हुँदा स्थगित भएको हो । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउनलाई सूचना जारी गरिसकेको थियो ।
फाइजर खोप मुलुकमा भित्रिए पनि पर्याप्त मात्रा सिरिन्ज नल्याइएकाले खोप कार्यक्रम स्थगित भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप भण्डार शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए ।
यसअघि फाइजर खोप १ लाख ६ हजार आउँदा सिरिन्ज १ लाख ७ हजार ल्याइएको थियो । फाइजर खोपसँगै ल्याइएको सिरिन्ज सकिएकाले तत्कालका लागि खोप कार्यक्रम स्थगित भएको हो । यसअघि पनि विभिन्न समयमा खोप कार्यक्रम सञ्चालन भएको थियो ।
कोभिडविरुद्धको खोपका लागि अन्य सिरिन्ज प्रयोग गर्न नहुने थापाको जिकिर छ । फाइजर खोप लगाउन ०. ३ मार्जिनको सिरिन्ज हुनुपर्छ । साइज बढी र घटी भएमा पनि सिरिन्ज प्रयोग गर्न हुँदैन । नेपालमा १ एम. एलको मात्र खोप पाइन्छ । खोप निर्माण गर्दा खोप लगाउन छुट्टै खोप निर्माण गरिएको हुने उनले बताए ।
स्थानीय बजारमा पाइने सिरिन्ज अन्य खोपका लागि बनाइएकाले कोभिडविरुद्धको खोप लगाउन प्रयोग गर्न नहुने थापाको तर्क छ । खोप भएर पनि सिरिन्जको अभाव किन भयो भन्ने प्रश्नमा थापाले भने,' सिरिन्ज ल्याउनका लागि युनिसेफले संयोजन गरिरहेको छ । डकुमेन्ट पनि तयार भइसकेको छ । खोप एउटा मुलुक र सिरिन्ज अर्को मुलुकबाट आउने भएकाले पनि सिरिन्ज आयात हुन ढिलाइ हुन गएको हो ।'
फाइजर खोप अन्य कम्पनीको जस्तो खोप नहुने थापाले जानकारी दिए । कोभिसिल्ड र भेरोसेल खोप सिरिन्जबाट डाइरेक्ट तानेर लगाइन्छ । फाइजर खोप भने त्यसो गरिदैन । डाइनेन्ट घोलेर मात्र लिक्वीड बनाएर खोप लगाइन्छ ।
खोपका लागि डाइनेन्ट पनि सकिएको उनले जानकारी दिए । २९ तारिख डाइनेन्ट आइपुग्दैछ । 'एक सातासम्म सिरिन्ज आइसक्ने सम्भावना रहेको छ,' थापाले भने,' सिरिन्जका लागि पत्र पनि पठाइसकिएको छ ।'

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया