कांग्रेस जिल्ला अधिवेशन : बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते

काठमाडौँ – नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी १६ जिल्लाको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय महाधिवेशनअघि निर्वाचन नभएका जिल्लामा पुस २७ गते नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।
‘पुस २७ गते १६ जिल्लाको जिल्ला कार्यसमिति चयनको लागि निर्वाचन हुनेछ,’ उनले भने । विभिन्न विवादका कारण केन्द्रीय महाधिवेशन भइसक्दासमेत १६ जिल्लामा नेतृत्व चयन हुन सकेको थिएन । प्रदेश २ का अधिकांश जिल्लामा कांग्रेस नेतृत्व चयनको लागि निर्वाचन भएको छैन । सिरहा, सप्तरी, धनुषा, सर्लाही, धनुषा, रौटहट, बारा, पर्सा, चितवन, नवलपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम जिल्लामा पुस २७ गते एकै दिन निर्वाचन हुनेछ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया