डेले अलीदेखि पाटसन डाकासम्म : जनवरी ‘ट्रान्सफर विन्डो’ मा सरुवाका लागि उपलब्ध स्टार

डेले अली
ठूला क्लबबाट खेल्दा प्रिमियर लिगमा मौका नपाउँदा मैदानमा उत्रने आस घरेलु कपले दिन्छ । टोटनहममा जोसे मौउरिन्होको अगमनसँगै लिगमा मौका पाउन छाडेका डेले अलीले गत साता कारबाओ कप खेल्न पाउने आस गरेका थिए । मौउरिन्हाले उनलाई मौका दिए । स्टोक सिटीविरुद्धको खेलमा अली ६६ मिनेट मैदानमा रहे । खेल टोटनहमले जिते पनि अली विवादमा तानिए ।
उनले गरेको गल्तीको फाइदा उठाउँदै स्टोकले एक गोल फर्काएपछि अली र मौउरिन्होकोबीचमा विवाद पनि भयो । जसको संकेत हो, अलीले आगामी खेलहरुमा मौउरिन्होबाट मौका पाउने सम्भावना झन पातलिनु । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग विगतमा पनि जोडिँदै आएका अली यस जनवरीमा त्यतै लाग्नसक्ने सम्भावना छ । तर यदि टोटनहमले अलीलाई इंगल्यान्डकै कुनै क्लबसँग आबद्ध हुने अनुमति दिए प्रिमियर लिगका ठूला क्लब उनी प्रति आर्कषित हुने सम्भावना रहन्छ नै ।
क्रिस्टियन एरिक्सन
डेनमार्कका ‘प्लेमेकर’ क्रिस्टियन एरिक्सनले टोटनहम छाडेर इन्टर मिलान पुगेको एक वर्ष पनि भएको छैन । तर उनी फेरी सरुवा बजारमा उपलब्ध हुने खेलाडीको सूचिमा छन् । इन्टरका प्रशिक्षक एन्टिनियो कोन्टेले एरिक्सनलाई खासै उपयोग गर्न सकेका छैनन् । त्यसो त इन्टरकै प्रमुख अधिकृत जुसेपे मारोेट्टाकै भनाई मान्ने हो भने पनि एरिक्सन उच्चस्तरका खेलाडी हुन् । बस् उनले इटालीमा जादु देखाउन सकेनन् ।
डच क्लब आयाक्सबाट इंगल्यान्ड पुगेका एरिक्सनले टोटनहममा रहँदा तीन सय पाँच खेल खेल्दा ६९ गोल र ८९ असिस्टको योगदान गरेका थिए । इन्टरमा भने उनको नाममा मात्र सात गोल र असिस्ट छ । यस सिजन त झन् उनले न कुनै गोल गरेका छन् न त गोलका लागि पास नै उपलब्ध गराएका छन् । उनको अबको गन्तब्यका बारेमा अनुमान गरिँदैछ तर कुनै पनि क्लबले उनलाई भित्र्याउन आवश्यक पहल गरेको छैन ।
डिएगो कोस्टा
यस सिजन लुइस स्वारेजले एथलेटिको म्याड्रिडका लागि निरन्तर गोल गरिरहँदा छायाँमा परेका अर्का स्ट्राइकर हुन् डिएगो कोस्टा । एथलेटिकोको जर्सीमा दुई सय १५ खेल खेल्दा ८३ गोल र ३६ असिस्टको योगदान गरेका कोस्टाले केही दिनअघि मात्र क्लब छाड्ने घोषणा गरे । डिएगो सिमिओनो नेतृत्वको क्लबसँगको सम्झौता छ महिनापछि सकिनै लागेको अवस्थामा कोस्टाले किन हतार गरे ? ब्राजिलियन मुलका स्पेनिस फरर्वाडले यसको उत्तरमा उनले ‘ब्यक्तिगत कारण’ समावेश गरेका छन् ।
कोस्टालाई केही चिनियाँ र ब्राजिलियन क्लबले अनुबन्धन गर्ने रुची देखाइसकेका छन् । तर कोस्टाले कता जाने भन्नेबारेमा मुख खोलेका छैनन् । यदि कोस्टाले स्पेनकै कुनै क्लब वा च्याम्पियन्स लिग खेल्ने ठूलो क्लब रोजे, एथलेटिकोले १५ मिलियन युरो सरुवा रकम प्राप्त गर्ने छ । कोस्टा युरोपमै रहने सम्भावना छ भने उनको ठाउँमा एथलेटिकोले नेपोलीका अर्कादियुज मिलिकलाई अनुबन्धन गर्ने योजना बनाएको बताइएको छ ।
रेनाटो सान्चेस
सन् २०१६ मा प्रतिभाशाली युवा खेलाडीलाई दिइने प्रख्यात गोल्डेन ब्वाई अर्वाडबाट सम्मानित रेनाटो सान्चेसलाई प्रिमियर लिगका पछ्याउने फुटबल सर्मथकले स्वान्सी सिटीको पूर्व खेलाडीका रुपमा सम्झिन सक्नेछन् । वेल्स राजधानीमा आफ्नो प्रभाव छाड्न नसकेका सान्चेस हाल फ्रेन्च क्लबमा स्थापित स्टार हुन् ।
बार्यन म्युनिखमा चल्न नसकेपछि फ्रान्स पुगेका पोर्चुगिज मिडफिल्डर हाल लिभरपुलसँग जोडिएका छन् । इंग्लिस च्याम्पियनका डच मिडफिल्डर जर्जियो वाइनाल्डम क्लबमा रहने नरहने टुङगो नहुँदा योर्गेन क्लपले सान्चेसमाथि आँखा गाडेको बताइएको छ ।
जोश दासिल्भा
प्रख्यात आर्सनल एकेडेमीका उत्पादन जोश दासिल्भाले सन् २०१७ मा आर्सन वेङगरको सम्झौता प्रस्तावलाई अस्विकार गर्दै बे्रन्टर्फोड पुगेका थिए । स्ट्राइकरका रुपमा आफ्नो करियर सुरु गरेका इंगल्यान्ड युवा टोलीका सदस्य दासिल्भा बे्रन्टर्फोडमा मिडफिल्डरका रुपमा स्थापित छन् ।
इंगल्यान्डको दास्रो श्रेणीमा प्रभाव जमाइरहेका २२ वर्षिय दासिल्भालाई वेस्टह्यामले लन्डन फर्काउन चाहिरहेको छ । एङगोलाबाट बेलायत आइपुगेका आप्रवासीका पुत्र दासिल्भाले बे्रन्टर्फोडमा गत अक्टोबरमा मात्रै नयाँ सम्झौता गरेकाले उनलाई खरिद गर्न चाहने ठूला क्लबले ठूलै रकम कबोल गर्नुपर्नेछ ।
पेड्रो गोन्साल्भेस
इंग्लिस क्लब उल्भरह्याम्पटनमा पोर्चुगिज खेलाडी आउनु कुनै अचम्मलाग्दो घटना होइन । उल्भ्स र पोर्चुगिज खेलाडीबीच अघोषित प्रेम नै छ । अहिले पनि उल्भ्सको सिननियर टिममा नौ पोर्चुगिज खेलाडी छन् । पेड्रो गोन्साल्भेस सन् २०१७ मा उल्भ्स आइपुगे । तर दुई वर्ष क्लबको अण्डर २३ टिमका लागि उत्साहजनक खेल देखाउँदा पनि सिनियर टिममा बढुवा नभएका गोन्साल्भेस घर फर्किए । जहाँ उनी र्पोर्चुगिज लिग खेल्ने फामालिसाओसँग आबद्ध भए ।
त्यसपछि गत सिजन उनी पोर्चुगलकै ठूलो क्लब मध्येको एक स्पोर्टिङ लिस्बनसँग जोडिए । स्र्पोटिङले उनलाई म्यानचेस्टर युनाइटेड गएका ब्रुनो फर्नान्डेजलाई प्रतिस्थापन गर्नका लागि अनुबन्धन गरेको थियो । गोन्साल्भेसले स्र्पोटिङका लागि १० खेलमा १० गोल गरिसकेका छन् । उनले पोर्चुगलमा देखाइरहेको प्रदर्शनका बारेमा युरोपका ठूला क्लबहरु बेखबर छैनन् । त्यसकारण उनी जनवरीमा इंगल्यान्ड वा स्पेन पुगेमा अचम्म मान्नु पर्दैन ।
डेभिड अलाबा
जर्मनीको सबैभन्दा ठूलो क्लब बार्यन म्युनिखमा १२ वर्ष रहिसकेका अस्ट्रियन स्स्टार डेभिड अलाबा जारी सिजनको अन्त्यमा फ्रि-एजेन्टका रुपमा कुनै पनि क्लब जान सक्नेछन् । २८ वर्षिय रक्षक अलाबा रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन र लिभरपुल लगायतका ठूला क्लबसँग निरन्तर जोडिँदै आएका छन् ।
सिजनको अन्त्यमा त्यसै पनि सरुवा रकम नतिरी अनुबन्धन गर्न सकिने खेलाडीलाई उल्लेखित कुनै क्लबले जनवरीमा लग्ने आँट गर्ला ? अनुमान गर्न ग्राहो छ ।
पाटसन डाका
रेडबुल साल्जबर्गबाट एर्लिङ हालान्ड बोरुसिया डर्टमन्ड लागेपछि जाम्बियाका पाटसन डाका अस्ट्रियन क्लबमा जमेका छन् । जारी सिजन साल्जबर्गका लागि १५ गोल गरिसकेका डाका प्रिमियर लिग क्लबहरुसँग जोडिएका छन् । उनलाई आर्सनल, लिभरपुल, टोटनहम र म्यानचेस्टर सिटीले पछ्याइरहेका छन् ।
के डाका साउथह्याम्पटनका पूर्व खेलाडी इम्मानुएल मायुका पछि प्रिमियर लिग खेल्ने अर्को जाम्बियन होलान् त ? त्यो क्लबहरुले कबोल गर्ने रकममा भर पर्नेछ । (दि गार्डियनबाट)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया