खेलाडी र प्रशिक्षकहरूलाई प्रतिबन्धित औषधि सेवन नगर्न सुझाव

काठमाडाैँ - युवा तथा खेलकुद मन्त्रालयले विभागीय टिमका नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी र प्रशिक्षकलाई ‘खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्ध’ सचेतना प्रदान गरेको छ । मन्त्रालयले प्रतिबन्धित औषधिको सेवन एवं विधि अवलम्बन नगर्न नगराउन तथा व्यापक प्रचारप्रसारमा जुट्न खेलाडी, प्रशिक्षक, अफिसियल, व्यवस्थापक र सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा खेल क्षेत्रमा प्रतिबन्धित औषधि प्रयोग एवं विधि विरुद्ध भइरहेका गतिविधि तथा यसका तत्कालीन र दीर्घकालीन प्रभावबारे खेलाडी एवं प्रशिक्षकलाई जानकारी गराइयो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका राष्ट्रिय महिला फुटबल टिमका खेलाडी र प्रशिक्षक सहभागी थिए ।
खेल क्षेत्रलाई सबै प्रकारका अस्वस्थ्य प्रभावबाट मुक्त राख्नका लागि वल्र्ड एन्टी डोपिङ एजेन्सी(वाडा)ले खेल विशेषका खेलाडीलाई तोकिएका औषधि प्रयोग गर्न र अन्य उपाय अवलम्बन गर्न निषेध गरेको छ । खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवं निषेधित उपाय अवलम्बन विरुद्धको महासन्धि कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिइयो ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले प्रतिबन्धित औषधि सेवन र विधि विरुद्धको नीतिगत, कानुनी व्यवस्था, मन्त्रालयका प्रयास तथा आगामी रणनीतिबारे जानकारी दिए। विशेषज्ञ डा सरोजकृष्ण श्रेष्ठले प्रतिबन्धित औषधि सेवन र विधिका विभिन्न पाटो पक्षबारे समेटिएको सचेतनामूलक प्रस्तुति गरे । प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएमा जुनसुकै खेलकुद प्रतियोगितामा प्राप्त पदक गुम्ने मात्र नभई मुलुकको प्रतिष्ठानमै आँच आउने भएकाले खेलाडी र प्रशिक्षकले औषधि खरिद र प्रयोगमा निकै सचेत रहनुपर्ने सुझाव दिइयो ।
प्रतिबन्धित औषधि सेवनले खेलाडीको स्वास्थ्यमा मात्र नभई सामाजिक एवं मनोसाजिक वातावरणमा प्रतिकूल असर पर्ने तथा दीगोरुपमा खेल खेल्न सक्ने अवस्थामा ह्रास आउने पनि जानकारी दिइयो । नेपालका केही खेलाडी विगतमा प्रतिबन्धित औषधि प्रयोगका कारण प्राप्त गरेको पदक खोसिएको थियो भने खेलाडी केही समय निलम्बनमा परेका थिए । खेलकुद प्रतियोगितमा खेलाडीले प्रतिबन्धित औषधि सेवन गरे वा नगरेकाबारेमा रगत र पिसाप परीक्षणबाट नतिजा प्राप्त हुन्छ । निकै लामो समयसम्म औषधिको असर रहने भएकाले खेलाडीले त्यस्ता निशेष गरिएको औषधि प्रयोग गर्न तथा खेलकुद प्रतियोगितमा भाग लिने क्रममा कसैको भरिया हुनबाट जोगिन पनि विशेषज्ञबाट सुझाव दिइयो ।
प्रतिबन्धित औषधि प्रयोग भएको फेला परेमा खेलाडी प्रतिष्ठा सदाका लागि गुम्ने खतरा भएकाले कमाएको इज्जतलाई बचाइ राख्न तथा खेलकुद क्षेत्रलाई स्वच्छ र स्वतन्त्र बनाउन होसियारी रहन मन्त्रालयले सबै पक्षसँग आग्रह गरेको छ । रासस

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया