सरकारी कार्यालय परिसरमै पेस्तोल भेटियो

बुटवल : बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र पेस्तोल फेला परेको छ । भारतीय नम्बर प्लेटको कन्टेनरबाट कम्पनी मेड पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उक्त कन्टेनर राजश्व अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो । जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा कन्टेनरकै एयर फिल्टरमा लुकाई राखेको अवस्थामा वेवली ३२ लेखेको पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।
यसबारे अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए । यो घटनासंगै सुरक्षा चेकजांचमा कडाई गर्नु पर्ने देख्रिएको भन्द्र प्रहरीले सक्रियता बढाउने बताएको छ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया