एमसीसीबारे दाहालको प्रतिवेदनमा के छ ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीति प्रतिवेदन पेस गरेका छन् । उनले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ । प्रतिवेदनमा दाहालले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।
प्रतिवेदनमा उनले माओवादी पार्टी र नेताहरुको कमजोरीलाई समेत औंल्याएका छन् । उनले नेता कार्यकर्ताको जीवनशैली र भुत्तेपनको आलोचना गर्दै आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा दाहालले पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसावमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गरेका छन् ।
पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।
एमसीसीबारे के छ ?
दाहालले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे के उल्लेख गरेका छन् भन्ने चासो यतिबेला उनका पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि रहेको छ । कार्यकर्ता तहमा एमसीसीको विरोध भइरहेको छ र उनको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई पास गर्न चाहिरहका छन् ।
देउवाले हिजो मात्रै माओवादीकै कार्यक्रममा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएको अवस्थामा दाहालले प्रतिवेदनका बारेमा कस्तो व्याख्या गरेका छन् भन्ने चासो रहेको छ । उनले प्रतिवेदनमा एमसीसीबारे लामै लेखेर प्रष्ट पार्न खोजेको कतिपयको आकलन भए पनि यसबारे कम मात्र चर्चा गरिएको छ ।
प्रतिवेदनमा दाहालले एउटा बुँदा उल्लेख गरेका छन् । उनले एमसीसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।
एमसीसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया