इयू-यूकेबीच ४७ वर्षको सम्बन्ध आजबाट औपचारिक विच्छेद

युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै यूकेका लागि नयाँ युग सुरु भएको छ । जीएमटी समयअनुसार राति ११ बजेदेखि यूकेले संघ अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको छ ।
यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएको छ । लामो समय लगाएर सम्पन्न भएको भए पनि ब्रेक्जिटसँगै अब यूकेको "स्वतन्त्रता उसकै हातमा रहेको" र ऊसँग "फरक र राम्रो" ढङ्गले काम गर्ने क्षमता रहेको ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले यूके आफूहरूको "मित्र र सहयोगी" रहने बताएका छन् । नयाँ प्रावधानहरू लागु हुन लागेको अवस्थामा केही अवरोधहरू देखिन सक्ने यूकेका मन्त्रीहरूले चेतावनी दिएका छन् । बन्दरगाहहरूमा मालसामान अड्किन सक्ने डरकाबीच अधिकारीहरूले सीमा सम्बन्धी नयाँ प्रणाली कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताएका छन् ।
२७ सदस्य राष्ट्र रहेको युरोपेली संघबाट यूके गत वर्ष जनवरी ३१ तारिखमा बाहिरिएको थियो । सन् २०१६ मा गरिएको ब्रेक्जिट जनमत सङ्ग्रहको करिब साढे तीन वर्ष पछि यूकेले यसतर्फ अन्तिम कदम चालेको हो । भविष्यमा आवश्यक पर्ने आर्थिक सहकार्यको खाका कोर्नका लागि उसले ११ महिनासम्म संघको व्यापार सम्बन्धी नियमहरू पालना गर्दै छलफल अघि बढाएको थियो ।
माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली संघ र यूकेले क्रिसमसको अघिल्लो दिन ब्रेक्जिट पछिको व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा कर लगायतका समस्या झेलिरहेका थुप्रै ब्रिटिश व्यापारी समुदायका लागि व्यापार सम्झौता एउटा महत्त्वपूर्ण राहत हुने ठानिएको छ । बीबीसी

जनसंख्या घटे पछि चिन्तित चीन, अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_scGAgI7pUe_sfvxvptax99qnphsvljcewgzbidf6tcopx887efijnnzdqgyvyykoydenuwn.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

प्रतिक्रिया