विपद् व्यवस्थापनमा सरकार सचेत- मन्त्री कार्की

विराटनगर- प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्र्रिया’ कार्यक्रम शुभारम्भ गर्दै उनले प्रदेशमा विपद् हुने क्षेत्रलाई नक्साकंन गरेर योजनासहित अघि बढ्ने जानकारी दिए ।
मन्त्री कार्कीले विपद् पछि राहत, उद्धार र पुनःस्थापनाका लागि अग्रभागमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जति प्रशंसा गरे पनि कम हुने भन्दै विपद्पछि राहत वितरणमा तछाडमछाड गर्ने टोलीलाई पनि एकद्वार प्रणालीमा ल्याउनु आवश्यक छ भने ।
उनले विपद्मा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उच्चमनोबलका साथ काम गर्न आग्रह गर्दै यो काममा समुदायका मानिसलाई पनि परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद्मा उद्धार र राहतमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सिकाइ एवं अनुभव एक अर्कामा आदानप्रादन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा प्राप्त ज्ञानले विपद् व्यवस्थापनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले विपद् व्यवस्थापनमा मन्त्रालयले कार्ययोजना बनाएर प्रत्येक नगरपालिकाका रक्षकलाई पनि तालिम दिने योजना रहेकाले विपद् व्यवस्थापनमा एकीकृत ढंगले अघि बढ्नुको विकल्प नरहेको बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एवं जवानलाई सशस्त्र प्रहरीका नायब उपरीक्षक वीरेन्द्र खनालले दुई दिनसम्म विपतसम्बन्धी तालिम दिनेछन् । रासस
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया