जुम्लाका बालबिलालकालाई खोप

जुम्ला- जिल्लाका पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । यहाँका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाभरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको कार्यालय प्रमुख सापकोटाले बताए । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ । हालसम्म दुई हजार २३२ बालबालिकालाई खोप लगाइसकिएको छ । खोप कार्यक्रम जारी छ । कम मात्रामा खोप प्राप्त भएकाले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीले बताए ।
थप खोप माग गरेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । तातोपानी गाउँपालिकामा ५४१, गुठीचौरमा ३६९ लाई खोप लगाइएको छ । यस्तै, पातारासी गाउँपालिकामा एक हजार ८०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।
जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाईसमेत मोर्डना खोप लगाइने भएको छ । जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टरमा अध्ययनरत १२ वर्षदेखि १७ वर्ष मुनिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए ।
ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकासहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाउने निर्णय गरिएको छ । विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १७ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन आफू अध्ययनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रहसमेत गरिएको स्वास्थ्य संयोजक महतले बताए ।
जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ । यहाँका आठ स्थानीयतहमा १२ हजार २५० डोज खोप वितरण गरिएको छ । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया