शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

नेपालले जित्यो एसियन सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि

फाइल फोटो

काठमाडौँ - नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । फाइनलमा उज्वेकिस्तानलाई ३–२ सेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

 चार सेटमा दुवै टिमले दुई दुई सेट जितेपछि पाँचौ तथा अन्तिम सेटमा १५–११ ले नेपाली महिला भलिबल टोलीले जित हात पारेको हो ।