मोरङ मालपोतभित्र खैनी, चुरोट र गुट्खा खान रोक

विराटनगर - दैनिक तीन सय बढि सेवाग्राहीको चाप रहने जिल्ला मालपोत कार्यालय मोरङको परिसरभित्र खैनी चुरोट र गुट्खा खान रोक लगाइएको छ । कार्यालय समयमा आउने सेवाग्राही लगायतका व्यक्तिहरुले खैनी चुरोट र गुट्खा खाएर खोललाई डष्टबिनमा समेत नफालेको भन्दै परिसरभित्र खैनी गुट्खा खान नै रोक लगाइएको जनाइएको छ ।
कार्यालयको गेट र परिसरमा खटिने सुरक्षाकर्मीहरुको सहायता लिएर एकसातासम्म सचेतनामुलक अभियान चलाइने र त्यसपछि पनि खैनी चुरोट गुट्खा खाएर फोहोर गरेमा कारवाही अघि बढाइने जिल्ला मालपोत कार्यालय मोरङका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए ।
उनले सेवाग्राहीमुखी कार्यालय बनाउने अभियान अन्तरगत जिल्ला मालपोत कार्यालय विशेष सरसफाई अभियान समेत संचालन गरिएको बताए । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र जिल्ला मालपोत कार्यालय मोरङबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम प्रत्येक महिनामा एक पटक कर्मचारीहरुकै प्रत्यक्ष संलग्नतामा कार्यालयको सरसफाई सुरु गरिएको बताए ।
सेवाग्राहीले कार्यालय परिसरमा कागज र प्लाष्टिकजन्य फोहोर उत्पादन गर्ने र कार्यालय परिसर दुर्गन्धित हुने भएकोले मंगलबारदेखि नियमित सरसफाई अभियान संचालन गरिएको उनले बताए । मालपोत कार्यालयप्रति सर्वसाधारण र सेवाग्राहीको हेर्ने दृष्टिकोण बदल्नका लागि सेवाग्राहीमुखि स्मार्ट कार्यालय बनाउने योजना अनुसार लेखापढी कानुन व्यवसायीहरु समेतको संलग्नतामा सुधारका काम गरिरहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

प्रतिक्रिया