इन्जिनियरद्वयको निधनप्रति इप्पानको गहिरो दुःख

काठमाडौं - स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले सोलुखुम्बमा निर्माणाधीन सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजना परीक्षणको क्रममा पाइप विस्फोट भएर दुई इन्जिनियरहरुको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
इप्पानले आज शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा अछामका २६ वर्षीय इन्जिनियर सुवास रेग्मी र काभे्रका २९ वर्षीय इन्जिनियर अर्जुन थापाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । इपानले दुर्घटनामा गम्भीर घाइते भएका आयोजना प्रमुख विराटनगरका मोहम्मद राइनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
कार्यक्षेत्रमा खटिएको अवस्थामा भएको उक्त दुर्घटनामा परी दिवंगत भएका इन्जिनियरद्वयको परिवार रघाइतेको उपचारमा उचित क्षतिपूर्ति र सहयोग हुनेमा इप्पानले विश्वास रहेको जनाएको छ ।
अहिले देशभरका विभिन्न स्थानहरुमा सयौं जलविद्युत् परियोजनाहरु निर्माण भइरहेको र ऊर्जा उत्पादनको क्षेत्र अत्यन्त चुनौतीपूर्ण र जोखिमयुक्त क्षेत्र हो भन्दै इपपानले कार्य क्षेत्रमा यता दुःखदायी दुर्घटनाको उच्च जोखिम रहने भएकाले आवश्यक सुरक्षा र सतर्कताका उपायहरु कडाइका साथ पालना गर्न÷गराउन सम्बन्धित सबैको ध्यानकर्षण गराएको छ ।
मुलककै माटोमा आफ्नो श्रम र सीप अर्पण गरेर समृद्ध राष्ट्र निर्माणको अभियानमा जुटेका दिवंगत इन्जिनियरहरु रेग्मी र थापाको परिवारजनमा उचित क्षतिपूर्ति र घाइतको निःशुल्क उपचारको प्रबन्ध मिलाएर आर्थिक समृद्धिको अभियानमा योगदान गर्नेहरुप्रति राज्यले उचित सम्मान र कदर गर्न पनि इप्पानले सरकारसँग माग गरेको छ । इपानले आफ्नो शोक वक्तव्यमा उक्त दुर्घटनाको छानबिन र जाँचपड्तालका लागि केही कुरा उल्लेख गरेको छैन ।

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_AoZ9CFqc9a_kac7wcqlkkzxgl42ncqr3cfxsfq96cvo0dcu7xypovbshyilgtkypnnsr6yt.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

प्रतिक्रिया