कारबाहीमा परेपछि काभानीले मागे माफी

काठमाडौं : सामाजिक सञ्जालमा रंगभेदीय टिप्पणी गरेको भन्दै इंगल्यान्ड फुटबल संघले कारबाही गरेपछि एडिसन काभानीले माफी मागेका छन् । गत नोभेम्बरमा इन्स्टाग्रामको पोस्टमा रंगभेदीय शब्द प्रयोग गरेकोमा उनलाई कारबाही स्वरुप एफएले तीन खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेपछि काभानीले माफी मागेका हुन् ।
‘म एफएको कारबाही स्वीकार्छु । म यस इंगल्यान्डमा नयाँ छु त्यसकारण यहाँको चालचलनका बारेमा मलाई धेरै जानकारी छैन । म रंगभेदको पक्षमा छैन । यदि मैले कसैको चित्त दुखाएको छु भने माफी माग्न चाहान्छु,’ काभानीले भनेका छन् ।
यसै सिजन म्यानचेस्टर युनाइटेड आएका काभानीले एस्टन भिल्ला, म्यानचेस्टर युनाइटेड र वाटफोर्डविरध्दका खेल गुमाउने छन् । काभानीले तीन खेल गुमाउने बाहेक कारबाही स्वरुप एक लाख पाउण्ड जरिवाना पनि तिर्नुपर्नेछ ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया