एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन

काठमाडौँ- तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाली पुरुष भलिबल टोली एभीसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपमा पदकविहीन भएको छ ।
बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्ड हलमा नेपालमाथि उज्वेकिस्तानले २५-१५, २५-१७ र २५-२१ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । यसअघि समूह चरणको खेलमा नेपालले उज्वेकिस्तानलाई १८-२५, २५-२१, २५-२१ र २५-२३ को सेटमा पराजित गरेको थियो । जसको बदला उज्वेकिस्तानले सोझो सेटमा हराउँदै लिएको छ ।
पाँच वर्षअघि माल्दिभ्समा भएको यही प्रतियोगितामा नेपालले काँस्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक हो । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा श्रीलंका र बंगलादेशसँग पराजित नेपाल उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै काँस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो ।
यता, पुरुष टोली पदकविहीन हुँदा महिला टोलीले भने मंगलबार नै उज्वेकिस्तानलाई ३-२ सेटले हराउँदै च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधि हात पारेको छ ।
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

प्रतिक्रिया