थप २६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ३६ पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ८८ जनाका मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा ८ लाख ११ हजार २ सय ६५ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय १० सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया