महिला पत्रकारलाई सुत्केरी भत्ता
हेटौंडा - प्रेस सेन्टर मकवानपुरले महिला पत्रकारलाई सुत्केरी भत्ता दिन सुरुवात गरेको छ । मकवानपुरकी पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा प्रदान गरेकाे छ । जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने प्रेस सेन्टरको निर्णय अनुसार मंगलबार विष्टलाई रकम प्रदान गरिएको हो ।
सेन्टरकी अध्यक्ष अञ्जली थापाले महिला पत्रकारहरु सुत्केरी अवस्थामा केहि समय काममा फर्कन नसक्ने हुँदा आर्थिक समस्या पर्ने भएकाले थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले भत्ता उपलब्ध गराएको बताइन् ।
संस्थागतरुपमा निर्णय कार्यान्वयन गर्दा मिडिया हाउसहरुलाई समेत महिला संचारकर्मीप्रतीको उत्तरदायित्व पुरा गर्न दबाब सृजना हुने अध्यक्ष थापाको भनाई छ । सुरुवाती अबस्थामा सानो रकम भएपनि कार्यानवयन गरेको बताउदै सेन्टरले आगामी दिनमा जिल्लामा क्रियाशिल पत्रकार महिलाका लागि प्रभावकारी हुने खालका कार्यक्रमहरु ल्याउने थापाको भनाई छ । पत्रकार विष्टलाई पत्रकार महासंघ मकवानपुर, संचारिका समूह मकवानपुरले पनि पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया