दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

बुटवल- कपिलवस्तुको बाणगंगामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति करिब ९ बजे कपिलवस्तुको बाणगंगा नगरपालिका बुंचीस्थित महेन्द्र राजमार्गमा भएको उक्त दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते छन् ।
उक्त कार दुर्घटनामा परी बाणगंगा नगरपालिका पिपराका अनुराग पाण्डेको ज्यान गएको छ । उनी जितपुर ४ नम्बरमा रहेको साईन रेसुंगा डेभलपमेन्ट बैंकको साखा प्रबन्धकको रुपमा कार्यरत थिए ।
दुर्घटनामा परि गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि मणिग्राम स्थित क्रिमसन अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केहिबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए । कारमा सवार अन्य दुईजना घाइतेको बुटवलमा उपचार भइरहेको जनाएको छ ।
उनी बा ६ च ११६४ नम्बरको कारमा सवार थिए । कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार बससँग ठोक्किन गएको दाबी गरिएको छ । कारमा सवार अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ भने बसमा सवार ३ जना घाइते भएका छन् ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया