माओवादी महाधिवेशन: समूहगत निष्कर्ष प्रस्तुत जारी

काठमाडौँ - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत गरिरहेका छन् ।
महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहालले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो ।
समूहगत छलफलपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । एक नम्बर समूहबाट सुरु भएको निष्कर्ष प्रस्तुत गर्ने कार्य अहिले तेस्रो समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरिरहेको छ ।
गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
पारित भएको माओवादीको समसामयिक प्रस्तावमा के-के छ ? (पूर्णपाठसहित)

'साम्यवाद' र 'वर्गसंघर्ष' शब्द हटाउन निर्वाचन आयोगले दिएको आदेशप्रति माओवादीका…

माओवादीको माग : काठमाडौँ उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाऊ

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्याे रिहाइको अपिल

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

प्रतिक्रिया