'पार्टी मात्र होइन, मुटु पनि चिरिएको छ'

काठमाडौं : राष्ट्रिय सभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी विभाजनको संघारमा पुगेपछि आफ्नो मुटु चिरिएको बताएका छन् । राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शुक्रबार शर्माले पार्टी बैचारिक कारणले भन्दा पनि राजनीतिक कारणले विभाजन भएको प्रष्ट पारेका हुन् ।
'पार्टी विभाजन त भएको छैन तर विभाजनको संघारमा आइपुगेको छ, यसले मुटु चिरिएको र फुटेको अनुभूति भएको छ',उनले भने,'विगतको विभाजनमा मैले यति धेरै पीडा महसुस गरेको थिइनँ ।'
प्रतिनिधि सभा नभएको सन्दर्भमा राष्ट्रिय सभाले सरकारलाई खबरदारी गर्नेसमेत शर्माले बताए । 'प्रतिनिधि सभा नभएको सन्दर्भमा सरकारलाई सघाउने काम गर्छ, सरकारलाई खबरदारी गर्ने काम पनि गर्छ, अहिले जनचासोका विषयहरू प्रस्तुत गर्ने थलो नै यही बनेको छ', उनले भने ।
किशानको आन्दोलनका क्रममा मृत्यु भएका उखु किसानप्रतिसमेत शर्माले श्रद्धान्जली व्यक्त गरे ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया