सडक महोत्सवको तयारी पुरा, दर्शकलाई खोप

पोखरा- पोखरा सडक महोत्सवको २३ औं संस्करणको सडक महोत्सवको तयारी पुरा भएको छ । रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा हुने महोत्सव तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सडक महोत्सवको २३ औं संस्करणको पुस १५ देखि १७ सम्म हुँदैछ । सधैं ५ दिन चल्ने महोत्सव कोरोनाका कारण गत वर्ष देखि छोट्याईएको हो । पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।
महोत्सवका संयोजक नरेश भट्टराईले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने बताए । महोत्सवको उद्घााटन कार्यक्रममा २५ भन्दा बढी बाजागाजा सहित साँस्कृतिक समूहको सहभागिता रहने महोत्सव संयोजक भट्टराईले जानकारी दिए ।
उनका अनुुसार महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ । महोत्सवमा कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि दिउँसोको लागि ५० रुपैयाँ र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको उनले जानकारी दिए ।
महोत्सव उद्घाटन नेपाल सरकारका गृहमन्त्री खाँडले गर्ने कार्यक्रम तय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा गृहमन्त्री खाँडले सडक महोत्सवको उदघाटन गर्नेछन् ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता गर्ने भएको छ । महोत्सव अवलोकनमा जानेहरुको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गर्ने आयोजकले जनाएको छ ।
यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ । यसका लागि विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने संयोजक भट्टराईले जानकारी दिए ।
महोत्सव हेर्न आउनेलाई कोरोना विरुद्धको खोप
पोखरा सडक महोत्सव अवलोकन गर्न आउने महानुभावहरुलाई कोभिड विरुद्धको जोनसेन एण्ड जोनसेन खोप उपलव्ध गराइने भएको छ ।
आयोजक रेबान पोखराले महोत्सव अवलोकन गर्न आउनेको इच्छा अनुसार खोप उपलब्ध गराइने संयोजक रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।
बरालका अनुसार उद्घाटनका दिन र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म स्ट्रीट नम्वर ५ मा खोप उपलब्ध गराइनेछ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया