रुसको शक्ति : भ्रम कि यथार्थ?

पछिल्लो वर्षहरूमा रुसलाई अमेरिकादेखि यूरोपका अन्य मुलुकहरूको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ । हुनपनि रुस पछिल्लो समयमा निकै सक्रिय बनेको देखिएको छ । भ्लादिमिर पुटिन नेतृत्वको रुसले क्रिमियालाई आफुमा बिलय गरायो । सिरियाबाट अमेरिकालाई बाहिर धकेल्यो । रसियन भाडाका सिपाही भेनेजुएलादेखि अफ्रिकासम्म पुर्याएको छ ।
अहिले प्रश्न उठेको छ । आफ्नै क्षेत्रका बेलारुस, किर्गिजस्तान र नार्गोनो काराबाखमा भइरहेको परिवर्तनमा किन रुसले अपेक्षित चासो लिएको छैन ? अथवा त्यहाँ आइपरेका समस्या समाधानमा उसको भूमिका किन न्यून भएको जस्तो देखिन्छ ? विश्वको चासोको रुपमा यसलाई हेर्न सकिन्छ ।
रुसले बेलारुसका तानाशाही राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई सत्तामा ररिहन सहोग गर्ने अपेक्षा गरिएको थियो । त्यहाँ भएको आन्दोलनलाई दबाउन पुटिनले लुकाशेन्कोलाई सहयोग गर्नेछन् भनेर पनि भनियो । तर, देखिने गरी रुस बेलारुसमा सक्रिय भएन । पर्दा पछाडि पनि उसको भूमिका सोचेको जस्तो बलियो देखिएन ।
गत अक्टोबरमा ४ मा किर्गिस्तानमा संसदिय निर्वाचन भयो । तर निर्वाचन प्रक्रिया र नतिजालाई लिएर मध्य एसियाली मुलुकमा आन्दोलन चर्कियो । जसले मस्कोसँग नजिकको सम्बन्ध रहेका सुरोनबे जिनबेकोभलाई सरकारबाट बाहिरिन बाध्य बनायो । रुसले त्यसपछि पूर्व सोभियत सदस्य मुलुकलाई दिंदै आएको आर्थिक सहयोग राजनीतिक अवस्था सुधार नआउन्जेल सम्मका लागि भन्दै रोक्यो ।
गत महिना टर्की सर्मथित अजरबैजान र अर्मेनिया विवास्पद भुमी नार्गोनो काराबाखमा आमनेसामने भए । रुसले ती दुई देशहरूबीच युद्धबिराम गराउनका लागि भुमिका खेल्यो । तर उसले स्थायी शान्तिका लागि भने बलियो भुमिका खेल्नलाई चासो दिएको छैन ।
अर्मेनिया, रुसको नेतृत्वमा रहेको सीएसटीओ नाम गरेको सैन्य गठबन्धनको सदस्य हो । सम्भावित युद्धमा आफ्नो संगठनको सदस्यलाई सहयोग गर्नु रुसको कर्तब्य हो । तर अर्मेनियालाई अजरबैजनसँगको द्वन्द्वमा सैन्य सहयोग गर्ने बचन नदिनु भनेको आफैमा अच्चम लाग्दो हो ।
माथिका उल्लेखित घटनाहरूलाई रुसले नजरअन्दाज गरेको वा तीनमा चासो नलिएको भन्ने होइन । उसले अरुबेलाको जस्तो देखिने गरी आफ्नो भुमिका प्रर्दशन नगरेको मात्र हो । रुसले यी तीन क्षेत्रमा कूटनीतिको भरपुर प्रयोग गरेको देखिन्छ । खासमा रुसले आफ्नो छिमेकमा गर्नुपर्ने पनि त्यही नै हो । तर रुसले चाहेर नै कूटनीतिको प्रयोग गरेको हो या सधाको जस्तो बल प्रयोग गर्न नमिलेर ? यो विषयमा अध्ययन गर्न आवश्यक छ ।
रुसको टर्कीसँगको सम्बन्धको अर्थ गहिरो छ । यी दुई मुलुकहरू कुनै मुद्दामा नजिक हुन्छन् भने कतिपयमा फरक कित्तामा उभिन्छन् । टर्कीको सहयोगमा सिरियामा रुसको भुमिका बढेको छ भने खाडी कै अन्य सकंटग्रस्त मुलुकहरूमा पनि पुटिन सरकारको प्रभाव बलियो छ ।
बेलारुसमा रुसले प्रयोग गर्न सक्ने विकल्प न्युन थिए । वा छदै थिएनन भने पनि फरक पर्दैन । नार्गोनो काराबाखमा रुसका लागि सबै विकल्पहरू खराब थिए । यता किर्गिस्तानमा भने रुस परिवर्तित राजनीतिक अवस्थामा आफुलाई सक्रिय बनाउन चाहन्छ । तर के गर्ने भन्ने निक्र्योल गरिसकेको छैन । रुसलाई विश्व राजनीतिमा आक्रमक बन्दै गएको शक्तिका रुपमा चित्रित गरिन्छ । तर आफु वरिपरी कै क्षेत्रमा बढ्दै गइरहेको अस्थिरतालाई किन काबुमा लिन सकिरहेको छैन ?
मुख्य तीन कारणहरू
पहिलो, रुसको राजनितिक तथा आर्थिक स्रोत घरभित्र फैलिदै गएको महामारी नियन्त्रणका लागि केन्द्रित हुनु । कोभिड १९ कोरोना भाइरसले ल्याएको समस्यालाई हल गर्न रुसलाई त्यति सहज छैन । पहिलेदेखि कै खस्कदो आर्थिक हैसियत र त्यसमाथि पनि सम्पुर्ण शक्ति मुलुक भित्र नै लगाउनु पर्ने भएपछि रुसले आफ्नो बलियो ध्यान सीमापार तर्फ लगाउन सकिरहेको छैन ।
दोस्रो, कारण अलि जटिल र संरचनागत छ । रुस सधै आफ्नो छिमेक र वरपरका मुलुकहरूमा आर्थिक, सांस्कृतिक, राजनीतिक र रणनीतिक रुपमा जोडिएको अथवा जोडिन चाहेको हुन्छ । रुस आफ्नो हरेक बलिया र कमजोर छिमेकीसँग उनीहरूको तत्कालिन अवस्थालाई मध्यनजर गर्दै सम्बन्धमा सन्तुलनमा राख्ने वा परिवर्तन गर्ने गर्छ ।
रुसको टर्कीसँगको सम्बन्धको अर्थ गहिरो छ । यी दुई मुलुकहरू कुनै मुद्दामा नजिक हुन्छन् भने कतिपयमा फरक कित्तामा उभिन्छन् । टर्कीको सहयोगमा सिरियामा रुसको भुमिका बढेको छ भने खाडी कै अन्य सकंटग्रस्त मुलुकहरूमा पनि पुटिन सरकारको प्रभाव बलियो छ । त्यसकारण रुसले नार्गोनो काराबाखमा अर्मेनियालाई सिधा समर्थन प्रदान गरेर टर्कीसँगको सम्बन्ध बिगार्न चाहँदैन ।
यसअघि रुसले बाल्टिक, जर्जिया र युक्रेनमा आफ्नो प्रभाव गुमाएको छ । अर्मेनियालाई सर्मथन गर्नु भनेको उसले अजरबैजनमाथिको प्रभाव गुमाउनु हो । रुस त्यो क्षेत्रमा अर्को मुलुक माथि आफ्नो प्रभाव गुमाउन चाहँदैन ।
तेस्रो तथा महत्वपूर्ण कारण भनेको रुसको विदेश नीति र उसको असली चरित्र हाे। सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई आफ्नो भुमीमा विलय गराउनु, डोनेस्क र लुहानस्कमा पृथकतावादी आन्दोलन चर्काउनुले रुसलाई हेरिने नजरमा परिवर्तन आउँदै गएको छ ।
रुसले अन्तराष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव बढाउन र शत्ति प्रर्दशन गर्न आफुलाई उचित लागेका कार्यहरू गर्दै आएको छ । उसलाई सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको आरोप त लाग्यो नै । उसले त्यही वर्ष मोन्टेनेग्रोमा सत्ता परिवर्तनका लागि प्रयास गरेको पनि आरोप लाग्यो । त्यस्तै उसले भेनेजुएलामा निकोलस माडुरोलाई सर्मथन गरेर अमेरिकालाई टक्कर दिन पनि भ्यायो ।
तर सिरियामा बसर अल असादलाई गुमाएको भुभाग फिर्ता ल्याउने कार्यमा सहयाेग गर्ने बाहेक अन्य विदेशी मिसनमा रुस सफल देखिएको छैन । युक्रेनको अर्को हिंसाग्रस्त भाग डोनबासमा आफुले चाहेको जस्तो प्रभाव जमाउन सकेको छैन । त्यस्तै सिरियामा उसले चाहेको जस्तो गरी राजनितिक परिवर्तन भएको छैन । न त भेनेजएलामा नै उसले मादुरोलाई अमेरिकाले छुनै नसक्ने गरी बलियो नै बनाउन सकेको छ ।
एक पूर्ब रुसी अधिकारीले भने जस्तो पुटिन अन्य देशहरूमा आफ्नो प्रभाव जमाउन ईच्छा राख्छन् । आफ्ना सरकारी तथा अन्य एजेन्सी , स्रोतको प्रयोग गर्दै । तर आफुले चाहेको जस्तो अन्त्यका लागि भने उनीसँग बलियो खाका हुदैन । उनी छिमेक र नजिकका देशहरूको मामलामा हात चाही हाल्छन तर स्पष्ट योजना बिना नै ।
क्रिमियामा रुसले जे जस्तो नतिजा हासिल गर्यो त्यो अपेक्षित थियो । त्यसले रुसलाई बलियो देखायो । तर रुस देखिएको जस्तो बलियो होईन । अहिले पनि पुटिन त्यसकै जगमा उभिएर रुस झन बलियो भएको भन्ने सन्देश दिन चाहान्छन् । उनी एक हदसम्म सफल पनि भएका छन् । र रुस अन्तराष्ट्रिय राजनीतिमा बलियो भएको भन्दा पनि फुलेको देखिन्छ ।
अनि आफ्नै सिमा वरिपरी बढिरहेको अस्थिरतालाई काबुमा ल्याउन नसकिरहेको अवस्थाले रुसको आफु शत्तिशाली छु भन्ने दाबीलाई गिज्याइरहेको जस्तो देखिन्छ ।
(दि मस्को टाइम्समा छापिएको आलेख प्रबिनबिक्रम कटवालले अनुवाद गरेका हुन् ।)

अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा

नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

रूसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो हमला, ४१ लडाकु विमान पार्यो ध्वस्त

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

पाकिस्तान र इरानबाट पाँच लाख अफगान शरणार्थी स्वदेश फर्किए
युक्रेनी तालिमस्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

प्रतिक्रिया