बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन
पाल्पा - पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्काे मिटरबक्स, बत्ती जडान छन् । झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन् ।
महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन । विसं २०५८ मा विद्युतीकरण भए पनि हालसम्म थ्रिफेज लाइन विस्तार नहुँदा साँझ बिहान बत्तीसमेत बल्दैन । नेपाल सरकारले २० युनिटसम्म विद्युत् उपभोग गर्ने परिवारलाई निःशुल्क सेवा गर्दै आएको छ । सन्ढापका स्थानीय बासिन्दाका घरमा साँझ परेपछि अँध्यारो हुन्छ ।
दिनभर बालिएका बत्ती मधुरो, रेडियो, टिभी तथा मोबाइल चार्जमा समस्या हुँदै आएको स्थानीय बासिन्दा लक्ष्मीप्रसाद न्यौपानको गुनासो छ । “बत्ती बले पनि जुनकीरी बले झैं बल्ने र मोबाइलसमेत चार्ज नहुने समस्या रहेको छ,” उनको गुनासो छ ।
स्थानीय बासिन्दाले पटक–पटक वडा, गाउँपालिका, तथा नेतालाई यस विषयमा विद्युत्को समस्या सम्बन्धी जानकारी गराए पनि सुनुवाइ नहुँदा अध्यारोमा बाँस बस्नुपर्ने बाध्यता छ । त्यसमाथि बालबालिकालाई साँझमा विद्युत्काे साहयतामा अध्ययन गर्न समस्या हुँदै आएको उनीहरुको गुनासो छ ।
३० घर बढी बासिन्दा रहेको सन्ढापमा विद्युत् विस्तार भए पनि बिहान साँझ विद्युत्बाट हुने सबै काम रोकिन्छ । जसले गर्दा स्थानीयवासीले बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने, सञ्चारमाध्यमको प्रयोग गर्नेलगायतका कामबाट वञ्चित हुनुपरेको छ । स्थानीयवासी गोविन्द भट्टराई नेतृत्वको सन्ढापका बासिन्दाले लामो समयले विद्युत्काे पूर्ण सेवा प्रयोग गर्नबाट वञ्चित भएको बताए । उनले रातको समयमा बढी विद्युत्को मागहुँदै रातमा बत्तीसमेत बल्दैन, टिभी हेर्न पाइँदैन, बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए ।
स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण पाल्पामा थ्रिफेज लाइन विस्तार गर्न ज्ञापनपत्र बुझाएको हुन् । प्राधिकरण प्रमुख इञ्जिनियर विवेक आचार्यले सन्ढापको स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने बताए । वास्तविक समस्याको पहिचान गरी विद्युत् सेवाको पहुँच विस्तार गर्न प्राधिकरण कार्यालय तयार रहेको उनले बताए ।सरकारले घर–घरमा विद्युत्को खपत बढाउन अनुरोध गरिरहेको बेला ग्रामीण क्षेत्रमा जडान गरिएका सेवाको उचित रुपमा प्रयोग नपाउँदा नागरिक उत्साहित छैनन् ।

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_AoZ9CFqc9a_kac7wcqlkkzxgl42ncqr3cfxsfq96cvo0dcu7xypovbshyilgtkypnnsr6yt.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

प्रतिक्रिया