माल्दिभ्समा के गर्दैछन् इशान र अनन्या ?

मुम्बई : फिल्म उद्योगमा जब दुई जवान कलाकार एक साथ काम गछ्र्रन्, अफेयरको हल्ला चलिहाल्छ । अनि अधिकांश समय यस्ता हल्ला सत्य पनि हुन्छन् ।
‘खाली पिली’ फिल्ममा काम गरेका इशान खट्टर र अनन्या पाण्डेको पनि सेटबाटै अफेयर सुरु भएको खबर बाहिरिएको थियो । तर, कसैले पनि पुख्ता प्रमाण भेटेका थिएनन् ।
अझ यतिबेला इशानको नाम जान्हवी कपुरसँग जोडिने गरेको थियो । ‘धडक’मा सँगै काम गरेका इशान र जान्हवी पनि गहिरोे प्रेममा रहेको चर्चा थियो ।
तर, नयाँ वर्षको पूर्व सन्ध्यामा इशान र अनन्या मुम्बई एयरपोर्टमा सँगै भेटिएका थिए । तर, मुम्बई एयरपोर्टमा भेटिनु संयोग हो कि पूर्व निर्धारित योजना धेरैले ठम्याउन सकेका थिएनन् । तर, माल्दिभ्सबाट धमाधम दुवैका फोटो सार्वजनिक हुन थालेपछि इशान र अनन्या पनि अफेयरमा रहेको अनुमान गर्न गाह्रो परेन ।
दुवैले सँगै फोटो राखेका छैनन् तर धेरै ठाउँमा आफूहरू एक अर्काको साथमा रहेको संकेत दिएका छन् । इशानले एउटा इन्स्टा स्टोरीमा अनन्यालाई कैद गरेका छन् भने अनन्याले पनि दुइटा ओछ्यानसहितको फोटो पोस्ट गरेकी छिन् । सँगै अनन्याले सन् २०२०मा प्रेम पाएको संकेत सहितको पोस्ट पनि सेयर गरेकी छिन् ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया