सशस्त्र प्रहरीलाई रेलवे सुरक्षामा खटाउने निर्णय, अरु के के छन् सरकारका निर्णयहरू

काठमाडौं : सरकारले सशस्त्र प्रहरी बलका जनशक्तिबाट सशस्त्र प्रहरी कर्मचारीहरू रेलवे सुरक्षामा खटाउन स्वीकृति दिएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
पुस १० र पुस १५ मा बसेको मन्त्रपरिषद्को निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता पार्वत गुरुङले यस्तो जानकारी दिएका हुन् ।
के के छन् निर्णयहरू
रक्षा मन्त्रालय प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट वरपर रहेका ३५ वटा घर र करीब ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ट सामान्य प्रशासन श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने निर्णय भएको छ ।
झापा, गौरादह नगरपालिका वडा नं. ५ बस्ने गोपाल खनाललाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा २ वर्षको लागि पुनः नियुक्ति गर्ने उल्लेख छ ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर स्वीकृत गर्ने उल्लेख छ ।
त्यस्तै सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग नियमावली, २०७७ स्वीकृत गरेको छ ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर १५६ मिलियन वरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजना, चितवनको निम्ति आर्थिक वर्ष २०७७/७८ को लागि राजपत्रांकित ४ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भनिएको छ ।
रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी थप ११ जिल्लामा बालपोषण संरक्षण अनुदान कार्यक्रम विस्तार गर्न स्वीकृति प्रदान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभामा आव २०७७/७८ माघदेखि आव २०८०/८१ पुस मसान्तसम्मको लागि परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव १ अस्थायी दरबन्दी सिर्जना गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
इएमआरटीडीका भित्री पानाहरूमा राख्ने तस्विरहरू स्वीकृत गरेको छ । सगरमाथा शिखरको उचाइ ८८४८.८६ मिटर भएको सूचना नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ ।
राम शान्तिकुञ्ज अनाथ महिला सेवा आश्रम, वराह नगरपालिका-०९, सुनसरीको भवन निर्माण तथा आश्रम सञ्चालनका लागि दुई करोड ५७ लाख अनुदान उपलब्ध गराउने उल्लेख छ ।
नेपाली सेनालाई लजिष्टिक बेस निर्माण/विस्तार गर्नका लागि बाँके जिल्लाको कोहलपुर न.पा.-२ कौशिलानगरमा रहेको बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्रको मयूर मध्यवर्ती र जनएकता मध्यवर्ती सामुदायिक बनमा रहेका खयर, बबुल र सिसौ लगायतका विभिन्न प्रजातिका थप कूलजम्मा २४३ वटा रुखहरु हटाउन स्वीकृति दिने उल्लेख छ ।
नेपाली सेनालाई ब्यारेक निर्माण/विस्तारका लागि रुपन्देही जिल्लाको सैनामैना ब्यारेकभित्र रहेका साल लगायतका प्रजातिका कूलजम्मा ३६ वटा रुखहरु हटाउन स्वीकृति दिने समेत निर्णय भएको छ । उद्योग, वाणिज्य तथा प्राइभेट फर्म रजिष्ट्रेशन (तेह्रौं संशोधन) नियमावली, २०७७ स्वीकृत गरेको छ ।
संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने वा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउनेसम्बन्धी कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको मिति पुस ७ को निर्णय अनुमोदन गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया