‘रोडिज’का ग्याङलिडर आशिष राना ‘लाहुरे’ कास्की प्रहरी नियन्त्रणमा

पोखरा - र्यापर आशिष राना 'लाहुरे’ कास्की प्रहरीको नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबारमा संलग्न रहेकाे आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाहुरेलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरे । ‘‘उहाँ हामी सँगै हुनुहुन्छ, उहाँलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ल्याएका हौं,’ उनले भने । उनीसँगै ४ जनालाई कास्कीबाट नियन्त्रण लिएपनि अनुसन्धान जारी रहेकै कारण प्रहरीले यसबारे थप खुलाउन चाहेन ।
अनुसन्धान पुरा भएपछि पूरा जानकारी दिने कास्की प्रहरी प्रवक्ता डिएसपी तिवारी जानकारी दिए । ‘लाहुरे’ हाल रोडिजका ग्याङ लिडर हुन् । उनले केही नेपाली सिनेमामा अभिनय पनि गरेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया