वामदेव गौतम भन्छन्– कित्ता क्लियर छ, म तीन नम्बर

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफ्नो कित्ता क्लियर रहेको बताएका छन् । पार्टी विभाजन भइनसकेको र आफू अझैपनि एकता जोगाउने पक्षमा रहेको उनले बताएका हुन् ।
राष्ट्रिय सभा बैठकपछि उपाध्यक्ष गौतमले शुक्रबार विभाजित पहिलो र दोस्रो कित्ता, अनि आफू एकताको पक्षमा तीन नम्बर कित्तामा रहेको प्रष्ट पारे ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताए ।
उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेकोसमेत बताए ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया