बालुवाटारमा प्रधानमन्त्री देउवा र डा.गाेविन्द केसीबीच छलफल
काठमाडौँ - आफूसँग भएका सम्झौता र सरकारका तर्फबाट भएका प्रतिबद्धता कार्यान्वयनका विषयमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । बालुवाटारमा बिहीबार दिउँसो डा.केसीसहित मोहना अन्सारी, प्रितम सुवेदी लगायतले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवासँगै कांग्रेस महामन्त्री गगन थापा पनि छलफलमा सहभागी छन् । यसअघि पटक पटक अनसन बसेका बेला भएका सम्झौता कार्यान्वयन गर्न र गएको पुस ११ गते सरकारसँग राखेका ७ बुँदे माग पूरा गर्न डा.केसीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
आफूसँग भएका सहमति कार्यान्वयन नभए अनसन थाल्ने चेतावनी डा.केसीले दिएका छन् ।

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

प्रतिक्रिया