अफगानिस्तानले माग्यो डब्लुएचओसँग ओमिक्रोन परीक्षण किट
काबुल- कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ ।
किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ ।
तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरूले जनाएका छन् ।
इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरूमा ओमिक्रोनको प्रभाव धेरै देखिएकाले अफगानिस्तानमा पनि सतर्कता बढाउन दबाब परेको छ ।
अफगानिस्तानका स्वास्थ्यकर्मीहरूले ओमिक्रोनले ठूलो मानवीय क्षति पुर्याउन सक्ने भएकाले हेलचक्र्याइ नगर्न र त्यसका विरुद्धमा लड्न आवश्यक पर्ने सबै तयारी तथा काम गर्न आग्रह गरेका छन् ।
आर्थिक तथा राजनीतिक रुपबाट यसको चुनौती सामना गर्नसक्ने गरी तयारी गर्न पनि स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।
उनीहरूको आग्रह र दवावअनुसार नै सरकारले डब्लूएचओसँग ओमिक्रोन परीक्षणको किट माग गरेको अफगानिस्तानका स्वास्थ्य मन्त्री जाभेद हार्जारले पुष्टि गरे ।
'हामीलाई ओमिक्रोनको परीक्षण गर्ने किटको खाँचो छ, त्यो उपलब्ध गराइदिन हामीले डब्लूएचओलाई अनुरोध गरेका छौँ, उहाँहरूले आगामी केही दिनमा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ,' स्वास्थ्य मन्त्री हार्जारले भने । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थाहरूमा अन्य स्वास्थ्य सामग्रीहरूको समेत अभाव हुन थालेका बताएका छन् । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया