लयमा फर्कदै मारियो गोट्जे

मारियो गोट्जे हाल डच लिगमा छन् । उनी त्यहाँको ठूलो क्लबमध्येको एक पिएसभी आइन्डहोभनका लागि खेलिरहेको खबर धेरैका लागि नयाँ हुनसक्छ । २८ वर्षिय जर्मन ‘एट्याकिङ मिडफिल्डर’आफ्नो करियरलाई पुनर्जागृत गर्न नेदरल्यान्डस् पुगेका हुन् ।
जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा नायक बनेका गोट्जे बार्यन म्युनिखमा थिए । त्यसबखत २२ वर्ष रहेका गोट्जे बोरुसिया डर्टमन्डमा लगातार दुई पटक बुन्डेसलिगा जितेर बार्यन पुगेका थिए । डर्टमन्डले लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका गोट्जे त्यसपछिका वर्षहरुमा भने फिक्का देखिए । बार्यनमा एक सय १४ खेलमा ३६ गोल र २४ असिस्टको योगदान गरेका गोट्जे अन्ततः डर्टमन्ड नै फर्किए । डर्टमन्ड फर्किएका उनलाई सर्मथकले स्वागत गरे । तर गोट्जेले त्यहाँ पहिलो चरणको बसाईमा जस्तो जादु देखाउन सकेनन् ।
युरोपियन क्लब फुटबलमा सामान्यतया, प्रतिभाशाली खेलाडी डच लिगबाट ठूला भनिएका क्लबतर्फ लाग्छन् । तर, गोट्जे जस्ता स्थापित स्टार डच लिग जानु आफैमा अचम्मलाग्दो घटना हो । डच लिगबुन्डेसलिगा भन्दा फरक छ । युरोप भन्दा बाहिर प्रख्यात छैन् । तर गोट्जेका लागि डच लिग प्रख्यात नहुनुले केही अर्थ राख्दैन । किनभने उनको ध्यान आफ्नो खेलमा कसरी सुधार ल्याउने भन्नेमा मात्र छ ।
बुन्डेसलिगामा हुँदा प्रत्येक साता बलियो लय देखाउनु पर्ने बाध्यतामा रहनुपर्ने गोट्जे हल्यान्डमा खुशी देखिन्छन् । वास्तबमा भन्ने हो भने उनी त्यहाँको फुटबलमा रमाइरहेका छन् । त्यसको प्रमाण हो, उनले पिएसभीका लागि जारी सिजनमा गरेको योगदान । उनले आठ लिग खेल खेल्दा तीन गोल गरिसकेका छन् भने र दुई असिस्ट पनि प्रदान गरेका छन् ।
‘जर्मनीमा खेल्दा म धेरै दबाबमा हुन्थे । सोचे जस्तो खेल्न नसक्दा मिडियाको हेडलाईन बन्थे । मेरा बारेमा बाहिर के सोचिन्छभन्नेमा मेरो ध्यान जान्थ्यो । सायद म आफैले पनि आफुमाथि दबाब सिर्जना गर्थे,’ गोट्जे भन्छन्, ‘अहिले म फेरिएको छु । अरुले मेरो प्रदर्शनलाई कसरी विश्लेषण गर्छन् भन्दा पनि म आफै आफ्नो खेलबाट कती खुशी छु भन्ने महत्वपूर्ण हो भनेर बुझेको छु ।’
२००९/१० सिजनबाट बुन्डेसलिगामा डेब्यु गरेका गोट्जेले दोस्रो सिजनमा कमाल गरे । डर्टमन्डका लागि ३३ लिग खेल खेल्दा ६ गोल गरे भने १५ असिस्ट दर्ता गरे । योर्गेन क्लपको नेतृत्वमा लगातार २०११÷१२ मा लगातार दोस्रो पटक लिग जित्दा पनि गोट्जेले आफ्नो बलियो लयलाई कायमै राखे । त्यस सिजन चोटका कारण १७ खेलमा मात्रै मैदानमा रहेका गोट्जेले ११ गोल र असिस्टको योगदान गरे । त्यसपछिका दुई सिजनमा उनले डर्टमन्ड र बार्यनकालागि २० गोल गरे भने २१ असिस्टको योगदान गरे । त्यसपछिका सिजनमा भने गोट्जे उस्तै रहेनन् । चोट र खराब लयका कारण उनले बार्यनमा कम मौका पाउन थाले ।
पिएसभीमा उनी खुशी रहनुको कारण उनले पर्याप्त खेल्ने मौका पाउनु पनि हो । ‘गत सिजन मैले डर्टमन्डमा धेरै खेल्न पाइन । खेल्ने मौका नै नपाए त प्रदर्शनमा सुधार गर्न सकिँदैन । त्यसकारण खराब लयबाट गुज्रिरहेका कोही खेलाडीले खेल्ने मौका नपाए उसको ब्यक्तिगत प्रदर्शन थप खस्किन्छ । यहाँ मैले खेल्न पाइरहेको छु । जुन मेरा लागि महत्वपूर्ण छ,’ गोट्जेले भने ।
पिएसभीको जर्सीमा सन्तोषजनक खेल देखाइरहेका गोट्जेलाई जर्मनीको राष्ट्रिय टोलीमा मौका पाउने आस मरेको छैन । पछिल्लो समय जर्मन टिममा नयाँ अनुहारहरुलाई मौका दिइरहेका प्रशिक्षक योकिम लो ओलोचित भइरहेका छन् । युवा प्रतिभाहरुले भरिएको नयाँ जर्मन टिमले निरन्तर खराब नतिजा दिइरहेकाले लोको पद नै धरापमा छ । यस्तोमा गोट्जे जस्ता अनुभवी खेलाडीले मौका पाउने सम्भावना कती छ ? त्यसको उत्तर गोट्जेसँग पनि छैन ।
विश्वकप जित्दा महत्वपूर्ण साबित भएका धेरै खेलाडीलाई लोले विदा गरिसकेका छन् । ‘म प्रशिक्षक लोसँग सम्पर्कमा नै छु । म १८ वर्षको हँुदादेखि नै मेरो उनीसँग सम्बन्ध रहि आएको छ । तर त्यसकै भरमा मैले जर्मन टिममा मौका पाउने भन्ने हुँदैन । तर यदिमौका पाए म आफ्नो मुलुकलाई निराश बनाउँदिन,’ गोट्जेले भने ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया