शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ- माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी कमिटी बैठक बसेको हो ।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी कमिटी बैठक बसेको हो । आज अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् । दाहालले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुुरु हुने भएको छ ।

आजको स्थायी कमिटी बैठकमा पदाधिकारीमा सर्वसम्मत् बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।