प्रदीप गिरिले बिटो पारे बीपीका लेख रचना

काठमाडौँ- प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता, साहित्यकार तथा चिन्तक बीपी कोइरालाका गैरसाहित्यिक सामग्री समेट्दै ‘विश्वेश्वरप्रसाद कोइराला : आधारभूत संकलन’ पुस्तक प्रकाशन भएको छ ।
लेखक प्रदीप गिरिको सम्पादनमा प्रकाशित पुस्तकमा बीपी कोइरालाका विभिन्न समयका मन्तव्यदेखि बीपीलाई लेखिएका र बीपीले लेखेका चिठीपत्र संकलन गरिएको छ । पुस्तकका सम्पादक गिरिको भनाइ छ, ‘बीपीका सम्बन्धमा धेरैले धेरै थरी पुस्तक प्रकाशन गर्नुभएको छ । यसमा हामीले पाठकको सजिलोका लागि सकेसम्म धेरैजसो प्रतिनिधि गैरसाहित्यिक सामग्री समेटेका छौँ ।’
बीपीका समग्र गैरसाहित्यिक रचनावली प्रकाशनको शृङ्खलाका रूपमा प्रारम्भिक कामका रुपमा यो पुस्तक निकालिएको प्रकाशक फिनिक्स बुक्सले जनाएको छ ।
पुस्तकमा एक सय भन्दा बढी लेख तथा दुई दर्जन जति परिशिष्ट खण्ड छन्, जसमा बीपीको अदालती बयानदेखि अन्य दस्तावेज समेटिएको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया