महतो मृत्यु प्रकरण : इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी

सर्लाही- इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।
मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो । शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । जिप्रकाले बिहीबार बेलुकीदेखि लागू हुने गरी आज आज ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ उनले बताए ।
इश्वरपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको उनले बताए । प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिइएको छ ।
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया