माओवादी महाधिवेशनमा सामुदायिक शिक्षाको बहस चल्दै गर्दा शिक्षामन्त्रीकी छोरी अमेरिकातिर

काठमाडौँ– माओवादी केन्द्रको महाधिवेशनमा नेतृत्वलाई सुधार्ने विषयमा बहस भइरहेको छ । सामान्य जीवनशैली अपनाउनेदेखि छोराछोरी सामुदायिक विद्यालय, कलेजमा पढाउनुपर्ने छलफल चल्दै गर्दा शिक्षामन्त्री देवेन्द्र पौडेल ‘सुनील’ की छोरी गरिमा पौडेल उच्च शिक्षा अध्ययनका लागि अमेरिकातिर लागेकी छिन् ।
अमेरिकामै अध्ययनरत गरिमा यसबीचमा नेपाल आएकी थिइन् । गरिमाले अमेरिकाको एरिजोना राज्यको युनिभर्सिटी अफ फोनिक्समा अध्ययन गरेकी हुन् ।शिक्षामन्त्री समेत रहेका उनका बाबु देवेन्द्र पौडेल अहिले शिक्षामन्त्री छन् । छोराछोरी सामुदायिक विद्यालयमा पढाउने भनिएपनि अधिकांश माओवादी नेताका छोराछोरी महँगा निजी विद्यालय र विदेशमा अध्ययन गर्दै आएका छन् । यसैबीच माओवादी सुप्रिमो पुष्पकमल दाहालकै नाति देशकै महँगोमध्येको एक युलेन्स स्कुलमा अध्ययन गर्ने गरेको प्रसङ्ग बाहिरिएको थियो ।
माओवादीले द्वन्द्वकालमा बुर्जुवा शिक्षा लिन नहुने भन्दै जनताका छोराछोरीलाई बन्दूक भिराएर युद्धमा सहभागी गराउँदा नेताका छोराछोरी विदेशमा अध्ययन गरिरहेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेताहरूले जनताका छोराछोरीलाई शिक्षा लिनबाट वञ्चित गरेर आफ्ना छोराछोरीलाई स्वदेश र विदेशका राम्रा विद्यालय तथा विश्वविद्यालयमा पढाएको भनेर कटाक्ष गर्दै आएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया