शीर्ष स्थानबाट टाढिँदै आर्मी

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसीले पाँचौँ बराबरी खेलेको छ । गत सिजनको उपविजेता आर्मीलाई शुक्रबार एपीएफ फुटबल क्लबले १–१ को बराबरीमा रोकेको हो । यो बराबरीपछि आर्मी चौथौँ स्थानमा यथावत छ । उता एपीएफको ११ औँ स्थानमा छ ।
विभागीय प्रतिद्वन्द्वी एपीएफविरुद्ध आर्मीले ६३ औँ मिनेटमा अग्रता लिएको थियो । उसका लागि जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । त्यसको चार मिनेटपछि नै बिक्की तामाङले गोल फर्काएका थिए ।
आर्मीका लागि यो लगातार तेस्रो बराबरी हो । आर्मी पछिल्ला दुई खेलमा थ्रीस्टार क्लब र सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको थियो । अब आर्मीको खातामा सात खेलबाट ११ अंक छ । उसको र लिग लिडर मछिन्द्र क्लबबीचको दूरी तीन अंकको छ । मछिन्द्रले आर्मीको भन्दा एक खेल कम खेलेको छ । ११ औँ स्थानमा रहेको एपीएफको भने सात खेलबाट ६ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया