शुक्रबार देशभर थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ- शुक्रबार देशभर २ सय ३५ कोभिड- १९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर विधिबाट २२४ र एन्टिजेन्टबाट ११ जनामा कोभिड पुष्टि भएको थियो ।
त्यसैगरी आज २१२ जना संक्रमणमुक्त भएका छन् । याे तथ्याङ्कसहित अहिलेसम्म ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।
आज मात्र ४ जनाको मृत्यु र हालसम्म ११ हजार ९५४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितकाे संख्या ४ हजार ८ सय ७९ पुगेकाे छ । त्यस्तै २४ घण्टामा १ लाख ३९ हजार १५२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा ८९ र भेन्टिलेटरमा २४ जना उपचाररत छन् । त्यसैगरी होम आइसोलेसनमा ४ हजार ६५१, संस्थागत आइसोलेसनमा २२८ र क्वारेन्टाइनमा १०३ जना बसिरहेका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया