नेपालमा २०२१ मा कोभिड संक्रमणका कारण झण्डै १० हजारको मृत्यु
काठमाडौँ- नेपालमा सन् २०२१ को अन्तिम दिन शुक्रबार सम्ममा ९ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ । वर्षको अन्तिम दिन आज मात्र ४ जनाको मृत्यु भएको छ । सन् २०२० डिसेम्बर ३१ सम्ममा १ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । सोही दिन ९ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी आज २०२१ को अन्तिम दिन २ सय ३५ कोभिड- १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर विधिबाट २२४ र एन्टीजेन्टबाट ११ जनामा कोभिड पुष्टि भएको थियो ।
त्यसैगरी आज २१२ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । आज मात्र ४ जनाको मृत्यु र हालसम्म ११ हजार ९५४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ४ हजार ८ सय ७९ र २४ घण्टामा १ लाख ३९ हजार १५२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आइसीयूमा ८९ र भेन्टीलेटरमा २४ जना उपचाररत छन् । होम आइसोलेशनमा ४ हजार ६५१, संस्थागत आइसोलेशनमा २२८ र क्वारेन्टाइनमा १०३ जना छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया