एमबिबिएस विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएकोमा नेविसङ्घको विरोध
काठमाडौँ - काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ । नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग गरेको हो ।
नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले मेडिकल कलेजले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरी विद्यार्थीलाई तत्काल अध्ययन गर्ने वातावरण निर्माण गर्न माग गरे । “विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकै भरमा अध्ययनबाट बञ्चित गर्न मिल्दैन, विद्यार्थीलाई गालीगलौज र धम्की दिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्नुपर्छ”, उनले भने ।
यसअघि चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयले विद्यार्थीसँग बढी रकम नमाग्न यी कलेजलाई पटकपटक पत्राचार गरिसकेको छ । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया