शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ -  ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारी जग्गा हडप्न नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कसुरमा संलग्न कर्मचारी, बिचौलिया, भूमाफिया र तत्कालीन भोगाधिकारीसहित १ सय २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हाे ।

जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे पुष्टि गरे। उनले भने,'गत आइतबारयता पटक पटक गरी १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे।'

सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।  रासस