राप्रपासँग एकता गर्न विवेकशील साझाको नाम दुरुपयोग नगर्न चेतावनी
काठमाडौँ - विवेकशील साझा पार्टीमै बसेर समानान्तर गतिविधि चलाइरहेको मिलन पाण्डे पक्षले राजावादी नारा बोक्ने राप्रपासँगको सम्भावित एकतामा विवेकशील साझाको नाम दुरुपयोग नगर्न चेतावनी दिएको छ । शुक्रबार विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले भेटवार्ता गरेका थिए ।
भेटमा मिश्रले राप्रपा र विवेकशील साझाबीच एकताको प्रस्ताव राखेका बताइएको छ । सोही विषयमा आपत्ति जनाउँदै विवेकशील साझाको पाण्डे पक्षले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै देशलाई २५ वर्ष पछाडि धकेल्ने सपना नदेख्न चेतावनी दिएको हो ।
पाण्डे पक्षका प्रवक्ता हरिश भट्टले राप्रपासँगको सम्भावित एकतामा विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न चेतावनी दिएका हुन् । साथै उनले संयोजक पाण्डेलाई पार्टीबाट निष्काशन गर्ने अध्यक्ष मिश्रको निर्णयविरुद्ध अदालत जाने तयारी भइरहेको पनि बताएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया