आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

राजसंस्थाको माग गर्दै राजावादीहरूको प्रदर्शन

काठमाडौँ : राजसंस्थाको माग गर्दै राजावादीहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । राजावादीहरूले हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए ।

राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएका युवाहरूको समूहले गणतन्त्र र संघीय शासन व्यवस्थाविरुध्द चर्को नाराबाजी गरेका थिए । 

राजतन्त्र पुनस्थापना माग गर्दै उनीहरूले प्रर्दशन गरेका हुन् ।  यसअघि राजावादीहरूले देशका बिभिन्‍न सहरमा शक्ति प्रदर्शन गरिसकेका छन् । मुलुक संकटमा परेकाले अव राजसंस्था फर्काउनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेको जनाएका छन् ।