राष्ट्रिय सभा निर्वाचन: माओवादीको महाधिवेशनका कारण साझा उम्मेदवार छनौटमा ढिलाइ

काठमाडौँ - राष्ट्रिय सभाको निर्वाचन १२ माघमा हुँदैछ । निर्वाचनका लागि २० पुसमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता गर्ने कार्यसूची छ । उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकै आइसक्दा पनि सत्ता गठबन्धनमा आबद्ध दलहरूले उम्मेदवार चयन गर्न सकेका छैनन् । साझा उम्मेदवार बनाएर चुनावमा जाने तय भए पनि उम्मेदवार छनौटको विषयमा ढिलाइ भएको हो ।
नेकपा माओवादी केन्द्र महाधिवेशनमा होमिएका कारण उम्मेदवार छनौटमा ढिलाइ भएको नेताहरूको भनाइ छ । माओवादीको महाधिवेशन सकिएलगत्तै उम्मेदवारका विषयमा छलफल हुने सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिका एक सदस्यले बताए । उनकाअनुसार उम्मेदवार छनौटका विषयमा अनौपचारिक छलफल भए पनि औपचारिक छलफल भने हुन बाँकी छ।
'माओवादीको महाधिवेनका कारण गठबन्धनअन्तगतको राजनीतिक समन्वय समितिको बैठक बस्न सकेको छैन,' इकागजसँग उनले भने, 'अनौपचारिकरूपमा केही छलफल त भएका छन् । तर, कुनै टुंगो लागेको छैन । अब माओवादीको महाधिवेशन सकिएलगत्तै बैठक बसेर टुंग्याएउँछौँ ।'
राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभाका मतदाताहरूमा प्रदेश सभा सदस्यहरू तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू मतदाता हुन्छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया