आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

राजनीतिक 'कू' रोक्‍न प्रतिनिधि सभा विघटन : गृहमन्त्री

फाइल तस्बिर

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू रोक्न सरकारले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । नेकपा ओली समूहका सचिवालय सदस्य रहेका गृहमन्त्री थापाले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा संसदभित्र निम्तिन लागेको राजनीतिक कू रोक्न सरकारले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका हुन् । 

स्थिरताको संयन्त्रको रुपमा रहेको प्रतिनिधि सभा केही कमरेडहरूको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएकाले पनि प्रतिनिधि सभाको औचित्य सकिएको बताउए । सरकारले प्रतिनिधि सभा विघटन गर्ने कदम संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम भएको उनको भनाइ छ । 

 उनले भने ‘नेकपाको दुई तिहाइ मत छ । यो स्थिरताको संयन्त्रको रूपमा थियो । कमरेडहरुको अडान पछि अब यो प्रतिनिधि सभा स्थायित्वको संयन्त्र होइन की यो त अस्थिरताको संयन्त्रमा परिणत भइसक्यो । यसले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोज्यो त्यसकारणले यसको औचित्य सकियो भनेर प्रधानमन्त्रीले आफ्नो विशेष अधिकारलाई प्रयोग गर्नुभयो । यो ठूलो राजनीतिक कदम हो । एउटा संवैधानिक कदम भन्दापनि ठूलो राजनीतिक कदम हो ।’

सरकारले चालेको कदम अदालतमा प्रवेश गरिसकेकोले अग्रगामी हो वा होइन भन्‍ने फैसला अदालतले दिने थापाले बताए । सरकारले चालेको कदमको पक्षमा अदालतले फैसला दिने विश्‍वास उनको छ ।