छैठाैँ थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने

कञ्चनपुर - छैठाैँ थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ ।
उनको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानिय तह समेटिने गरी १३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसिराम चौधरी, हवल्दार चौधरी, जीत बहादुर चौधरी र मेवाराम चौधरी सदस्यका रुपमा रहेका छन् ।
सम्मेलन सम्पन्न गर्नका लागि थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानिय आयोजक तथा थारु लेखक सङ्घको आन्तरिक सहमतिमा संयोजन गर्ने आधार तय गरिएको सङ्घका केन्द्रीय सदस्य मोहनप्रसाद चौधरीले बताए ।
जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुने छ । सम्मेलनका लागि रु १० लाख बढी खर्च लाग्ने बताइएको छ ।
“थारु समुदायका लेखकले अरुको दर्शन र शास्त्रबाट प्रभावित भएर लेख रचना लेख्दै आएका छन्”, थारु बुद्धिजिवि बलबहादुर डगौराले भने, “सम्मेलनमा थारुशास्त्रको खोजी गरी त्यसकै आधारमा लेखन केन्द्रित गर्नका लागिसमेत गहन छलफल हुने छ ।” साहित्य ज्ञानको विषय, मनोविज्ञान र राजनीतिका सन्दर्भका रुपमा रहेको चर्चा गर्दै उनले लेखन दृष्टिकोणले दिशा निर्धारण गर्नुपर्ने बताए । सम्मेलनमा देशभरीका थारु साहित्यकार, बुद्धिजीवी, लेखकको जमघट हुने जनाइएको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया