सुरू हुने बित्तिकै स्थगित भयाे माओवादीकाे बन्दसत्र

काठमाडौँ – नेकपा (माओवाी) केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत अहिले बन्दसत्र सुरु हुने बित्तिकै स्थगन भएको छ । केन्द्रीय कमिटी टुंगो लगाउनको लागि बसेको स्थायी कमिटी बैठक सम्पन्न भएसँगै बन्दसत्र सुरु भएको थियो । अहिले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्ने विषयमा नेताहरू आपसमा छलफल गर्न थालेपछि बन्दसत्र स्थगन भएको हो ।
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ ।अहिले केन्द्रीय सदस्यको नाम टुंग्याउनको लागि प्रदेशका इन्चार्जहरुबीच छलफल जारी छ । आजैमात्र माओवादी केन्द्रको संसोधित विधान पारित भएको छ । अहिले सुरु भएको बन्दसत्रमा केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्र्ने तयारी गरिएको छ । माओवादीको आठौँ महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ।
आज संसोधित विधानमा केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी सदस्य रहनेछन्। तीमध्ये १५ प्रतिशत मनोनयन हुनेछन्। पदाधिकारीको संख्या भने केन्द्रीय समितिले लगाउने भनिएको छ । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ।
केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पुर्याइएको हो।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ। माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मत हुँदैछन् भने अन्य पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया