दुई अंकको सिट ल्याएर देखाउन (दाहाल-नेपाल समूह)लाई प्रधानमन्त्रीको चुनौती

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा अंक भएको सिट ल्याएर देखाउन पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई चुनौती दिएका छन् । शनिबार नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले त्यस्तो चुनौती दिएका हुन् ।
लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको उनको भनाइ छ । देशी विदेशी षड्यन्त्रका कारण लोकतन्त्र र संविधान नै खतरामा परेकाले मध्यावधि निर्वाचनमा जाने निर्णय गरिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर पनि गरे । पार्टीहरू चुनावको लागि तयारी गरिरहेको र सुरक्षा निकायले चुनावको तयारी गरिरहेकोले अब चुनाव समयमै हुने उनले बताए ।
देशलाई माया गर्ने शक्तिलाई जनताले मत दिने दाबी ओलीको दाबी छ । सम्बोधनको अधिकांश समय दाहाल-नेपालको आलोचनामा खर्चिएका ओलीले निर्वाचन आयोगमा अर्को समूहले दिएको निवेदन औचित्यहीन रहेको तर्क गरे ।
आफू नेतृत्वको सरकारको राष्ट्रिय लक्ष्य भारतका प्रधानमन्त्री र चीनको राष्ट्रपतिलाई समेत चासो भए पनि दाहाल-नेपाललाई कुनै मतलब नभएको उनले बताए ।

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

प्रतिक्रिया