पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा

दीपायल - डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । उक्त बस्तीलाई जिल्लाभरिमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो ।
बस्तीभरिमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएपछि सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको वडाध्यक्ष मदन भण्डारीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा उक्त गाउँलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको निड्स नेपालका दीर्घराज ओझाले बताए ।
यहाँका सबै घरमा केही महिना अगाडि ‘एक घर एक धारा’ निर्माण भएपश्चात पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेका सरोकारवाला निकाय, स्थानीय तहको अनुगमनपश्चात औपचारिक कार्यक्रम आयोजना गरी सो बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । उक्त गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ ।
विगत वर्षहरूमा यहाँका स्थानीयवासी शुद्ध खानेपानीका लागि स्थानीय द्धाराखोला, सेती नदी र नाउलाको पानी उपभोग गर्न बाध्य थिए । युनिसेफ र निड्स नेपाल संस्थाले ‘एक घर एक धारा’ कार्यक्रमको थालनी गरेर घरआँगनमै पानी पु¥याएपछि पछिल्लो समय सफा, स्वच्छता पानी उपभोग गरिरहेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासी दिलबहादुर भण्डारीले बताए ।
उनले भने, “पानीका लागि निकै समस्या थियो, अहिले घरघरमै शुद्ध पानीका धारा जडान भएका छन्, नागरिकलाई निकै सहज हुनुका साथै समय पनि बचत भएको छ ।” घरघरमा स्वच्छ खानेपानीका धाराबाट पानी खान पाउँदा यहाँका नागरिक निकै हर्षित भएका छन् । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया