थपिए ४१९ नयाँ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा ४ सय १९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । पाँच हजार जनामा पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल पाँच हजार ७ सय ११ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा छ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० जना पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबार सात सय ५० जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया